
चितवन, २३ पुस । चितवनको भरतपुर महानगरपालिकामा गत मंसिर ६ गते बोरामा फालिएको अवस्थामा फेला परेको दुईजनाको शवको पहिचान खुलेको छ ।
भरतपुर महानगरपालिका वडा नं। १२ स्थित मिलनचोकमा कल्भर्ट नजिकै मंसिर ६ बोराभित्र महिला र पुरूषको शव फेला परेको थियो । प्रहरीका अनुसार दुवै शव भारतीय नागरिकको रहेको खुलेको छ ।
उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेर फालेको अनुसन्धानबाट खुलेको छ । भारत मोतिहारी घर भएका उनीहरू भरतपुरमा व्यापार गरेर बस्दै आएका थिए ।
हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्या आरोपमा पक्राउ परेकाले नेपाल ल्याउन नपाइएको प्रहरीले बताएको छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो।
श्रीमतीको अनैतिक सम्बन्धका कारण हत्या भएको खुलेको छ । श्रीमतीको विवाहेत्तर सम्वन्ध थाहा पाएपछि श्रीमान श्रीमती र प्रेमीको हत्या गरेको फालेको खुलेको छ ।















प्रतिक्रिया