१० कार्तिक २०८३, मंगलबार

टिपरको ठक्करबाट गोंगबुमा एकजनाको मृत्यु

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । काठमाडौंको गोंगबुमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै गएराति बा.प्र.०३-००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि।वि।शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।