५ श्रावण २०८३, मंगलबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि प्रतितोला सात सय रुपैयाँले नै घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेर सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ कायम छ ।