६ श्रावण २०८३, बुधबार

बागमती खोलामा माछा मार्न हिँडेका गोपाल मृत भेटिए

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २३ पुस । मकवानपुरको बागमती खोलामा माछा मार्न गएका एक जना मृत भेटिएका छन् ।

बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरे बस्ने ३५ वर्षीय गोपाल थिङ बागमती खोलामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

थिङ हिजो आइतबार खोलमा माछा मार्न भनेर घरबाट हिँडेको र घर नफर्किएपछि आफन्तहरुले खोजी गर्ने क्रममा आज बिहान खोलामा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।