२३ जेष्ठ २०८३, शनिबार

मनहरीमा रित्तिदै नेकपा एस, ६ नम्बर वडा कमिटी पनि एमालेमा समाहित

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २२ पुस । मकवानपुरको मनहरी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी २२ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आइतबार एमाले मनहरी-६ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नेकपा (एकीकृत समाजवादी) मनहरीको सचिवालय सदस्य गोरखनाथ श्रेष्ठको नेतृत्वमा वडा कमिटी नै एमालेमा समाहित भएको एमाले मनहरी गाउँपालिका अध्यक्ष नवीन सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री फुलमाया जिम्बा, माओवादीसहित विभिन्न पार्टीका गरी २२ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एमालेका पोलिटब्यूरो सदस्य एवं मकवानपुर ईन्चार्ज देवी ज्ञवाली र एमाले सचेतकसमेत रहेका मकवानपुरका सांसद महेश बर्तौलाले टीका र खादा लगाई पार्टीमा स्वागत गरे ।

यसअघि गत कार्तिकमा एकीकृत समाजवादी मनहरी-९ को वडा कमिटी नै एमालेमा समाहित भएको थियो ।

आइतबार एमाले प्रवेश गर्दै समाजवादीका नेता गोरखनाथ श्रेष्ठले आफूहरु घर झगडामा घर छाडेर गएको र यस्ले विकास विरोधी दक्षिणपन्थी प्रतिकृयावादीहरुलाई फाइदा पुगेकोले आफूहरु एमालेमा फर्किएको बताए ।