पार्टी जिल्ला कमिटीबाट तपाईले प्राप्त गर्नु भएको जिम्मेवारी के हो ?, तपाईले जिम्मेवारी प्राप्त गर्नु भएको विभाग/फाँट भूगोलको बैठक बसेको विवरण उल्लेख गर्नुहोस् ।

प्राप्त जिम्मेवारी पूरा गर्न तपाईबाट गरिएका महत्वपूर्ण कामहरु के के हुन् ? तपाई पार्टी कमिटीका कुन कुन बैठकमा सहभागी हुनुभयो सबै बैठकको विवरण उल्लेख गर्नुहोस् ।

यो कार्यकालमा तपाई पार्टीका कुन कुन कार्यक्रममा सहभागी हुनु भयो विवरण उल्लेख गर्नुहोस ।

यो कार्यकालमा तपाई पार्टीका कुन कुन भेला तथा प्रशिक्षणमा सहभागी हुनुभयो ? उल्लेख गर्नुहोस् ।

यो अवधिमा पार्टीले सञ्चालन गरेको अभियानहरु मिसन ग्रासरूट, सदस्यता नविकरण अभियानमा कहाँको जिम्मेवारी प्राप्त गर्नुभएको थियो र सो जिम्मेवारी कसरी बहन गर्नुभयो ?

यो अवधिममा आम निर्वाचन र स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । तपाई निर्वाचनमा कहाँ खटिनुभयो ? र तपाईको भूमिका कस्तो रह्यो ? 

सामाजिक सम्बन्ध कस्तो राख्नु भएको छ ? विभिन्न सामाजिक संघसंस्था, स्थानीय तह सञ्चालन र जनसरोकारका सवालमा पार्टी कमिटीलाई सहयोग समर्थन र नेतृत्वको लागि केके गर्नुभएको छ ? 

पार्टीले घोषणा गरेका अन्य कार्यक्रमहरुमा सहभागिता र नेतृत्व कसरी गर्नुभयो र पार्टी संगठन सञ्चालनमा समस्या देखा परेका छन् ?

चुस्तदुरुस्त ढंगले पार्टी सञ्चालन हुन सकेको छैन । पार्टी संगठन सञ्चालनमा देखा परेका समस्या र समाधानमा तपाईको सुझाव के छ ?

पार्टी जिल्ला कमिटीले तयार गरेको वार्षिक कार्ययोजना कार्यन्वयनका लागि के गर्दै हुनुहुन्छ ?

पार्टीमा तपाईले कति जना नयाँ सदस्य थप गर्नुभयो ?

सामाजिक सञ्जालमा तपाई केके प्रयोग गर्नुहुन्छ ?

पार्टीका गतिविधिलाई कसरी प्रचार गर्दै हुनुहुन्छ ?

जिल्ला कमिटीको बैठक र पार्टी जिल्लाले आयोजना गरेका कार्यक्रममा नियमित उपस्थित हुनु भएको छ, उपस्थित नहुँदा कारण सहित नेतृत्वसँग बिदा माग्ने गर्नुभएको छ कि छैन ?

पार्टी जिल्ला कमिटीलाई बुझाउनु पर्ने आर्थिक दायित्व, लेबी आदि नियमित बुझाउनु भएको छ ?

बुझाउनु नभएको भए, किन नबुझाउनु भएको ?

अन्त्यमा पार्टी जिल्ला कमिटीलाई तपाईको केही सुझाव भए दिनुहोस् ।