१५ असार २०८३, सोमबार

आफ्नै ४ वर्षीया छोरीलाई चरम यातना दिने बाबुविरुद्ध मुद्दा दर्ता

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २२ पुस । आफ्नै ४ वर्षकी छोरीलाई चरम यातना दिएर घाइते बनाउने बाबुविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

महोत्तरीको एकडाडा गाउँपालिका-३ घर भई मकवानपुरको हेटौंडा-५ सिंचाइ टोल डेरा गरी बस्ने २७ वर्षका रामजी मण्डलले आफ्नै ४ वर्षकी छोरीलाई नियमित रुपमा यातना दिने गरेको पाइएपछि शनिबार साँझ प्रहरीले मण्डललाई पक्राउ गरेको थियो ।

मण्डललाई पक्राउ गरी बालबालिकाविरुद्ध कसुर मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

मण्डलले ४ वर्षकी छोरीलाई पढाउने क्रममा पेन्सिलले मुख र शरीरको विभिन्न भागमा घोची घाइते बनाएका थिए । शनिबार साँझ नै छोरीलाई आमाको साथमा हेटौडा अस्पताल पठाएको र उपचार पश्चात सेफ हाउसमा राखिएको डिएसपी भण्डारीले बताए ।

छोरीलाई यातना दिएको छिमेकीले देखेपछि सिविन बाल हेल्पलाइन मकवानपुरलाई खबर गरेका थिए । सिविन बाल हेल्पलाइनले बालिकालाई डेराबाटै उद्वार गरेको थियो । मण्डलले छोरीसँगै श्रीमतीलाई पनि यादना दिँदै आएको बताइएको छ ।