१७ असार २०८३, बुधबार

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २२ पुस । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा (२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आज उक्त पदमा नियुक्त गरेका हुन् ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेशप्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराए ।

त्यस अवसरमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।