
काठमाडौं, २२ पुस । सर्लाहीको बरहथवामा फेरि कर्फ्यु लगाइएको छ । स्थानीय प्रशासनले आइतबार मध्यान्ह १२स् ४५ बजे देखि सोमबार बिहान ८ बजेसम्म कर्फ्यु लगाएको हो ।
५० शैययाको अस्पतालको स्वामित्वका विषयमा झडप हुँदा शुक्रबार गोली लागेर बरहथवा- ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।
बरहथवा नगरपालिकाको सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुलसम्म कर्फ्यु आदेश जारी भएको हो।
कर्फ्युको समयमा कुनै किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने प्रशासनले जनाएको छ।










प्रतिक्रिया