
मकवानपुर, २२ पुस । छोरीलाई नपढेको भन्दै चरम यातना दिने बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी घर भई मकवानपुरको हेटौँडा-५, सिँचाइ टोल डेरा गरी बस्ने २७ वर्षका रामजी मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले नपढेको भन्दै चार वर्षीया छोरीलाई हात, गाला र कानमा टोकेर गहिरो घाउ बनाएको साथै आँखामा खुर्सानीको धुलो हालेर यादना दिएका थिए ।
छोरीलाई यातना दिएको छिमेकीले देखपछि सिविन बाल हेल्प लाइनलाई खबर गरेका थिए । सिविन बाल हेल्प लाइनले बालिकालाई डेराबाटै गम्भीर अवस्थामा उद्वार गरेको छ ।
मण्डलले छोरीसँगै श्रीमतीलाई पनि यादना दिँदै आएको खुलेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया