२४ असार २०८३, बुधबार

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित विदेशी नागरिक पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो बढी सुन बरामद भएको छ ।

शनिबार राति १२:५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथबाट एक किलो ३ सय ग्राम सुन बरामद भएको हो ।

सुन ल्याउने श्रीलंकन नागरिक कान्थामात्रे काभास्करलाई पक्राउ गरिएको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी त्रिभुवन विमानस्थलमा मध्यराति १२ बजेर ५ मिनेटमा अवतरण भएकी थिइन् ।

उनले ब्राभित्र प्लाष्टिकले बेरेर साथैै कट्टुभित्र पनि स्प्रे गरेर सुन ल्याएको फेला परेको हो ।

थप अनुसन्धान भइरहेको छ ।