
लुम्बिनी, २२ पुस । उत्कृष्ट संसदीय पत्रकारिता पुरस्कारबाट पत्रकार भरत केसी सम्मानित भएका छन् ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभाको अवसरमा शनिबार केसीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले केसीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित २५ हजार ५२५ रुपैयाँ नगद प्रदान गरे ।
दुई दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका केसी रासस लुम्बिनी प्रदेशका प्रमुख हुन् ।
घनश्याम गौतम संयोजक तथा रेखा भुसाल र दिपक घिमिरे सदस्य रहेको मूल्यांकन समितिले केसीको नाम सिफारिस गरेको थियो ।









प्रतिक्रिया