२२ जेष्ठ २०८३, शुक्रबार

रियल मड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा एरेडिनालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियलले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमा निस्कियो । एरेडिनाले गरेको १ गोल भने उपहार हो । ५४ औं मिनेटमा जोसुलोले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । लगत्तै ५५ औं मिनेटमा ब्रहिम डियाजले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा रोड्रिगोले गोल गर्दै ३–० को अवस्थामा पुगेको थियो । तर, थप गरिएको समय सकिन २ मिनेट बाँकी रहँदा रियलका नाचोले आफ्नै पोस्टमा गोल गरेपछि एरेडिनाले १ गोल उपहार पायो ।

यस्तै, अलाभेसले रियल बेटिसलाई१–० गोल अन्तरले पराजित गर्दा भालकानोले हुएस्कालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

त्यसैगरी जिरोनाले एल्चमाथि २–० को जित निकाल्दा गेटाफेले स्पानियोललाई १–० तथा एथ्लेटिको मड्रिडले लुगोलाई ३–१ ले पराजित गर्दै प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।