५ श्रावण २०८३, मंगलबार

इटालियन सिरी ए : इन्टर मिलानलाई ५ अंकको अग्रता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ५ अंकको अग्रता बनाएको छ ।

शनिबार भएको खेलमा भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेपछि ३ अंक थप्दै दोस्रो स्थानमा रहेको युभेन्टसलाई ५ अंकले पछि पारेको हो । इन्टरको १९ खेलबाट ४८ अंक भएको छ भने एक खेल कम खेलेको युभेन्टसको ४३ अंक रहेको छ ।

घरेलु मैदानमा इन्टरलाई जताउनका लाउतारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । भेरोनाका लागि थोमस हेनरीले एक गोल फर्काए । १३ ओं मिनेटमा हेनरिक मिखितरियनको पासमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए । ७४ औं मिनेटमा ओनडरेज डुडाको पासमा भेरोनाका हेनरीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । तर, दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा फ्राटेसीले गोल गर्दै २–१ ले अघि बढाए ।

अतिरिक्त समयको पाँचौं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो । भेरोनाका डारको लाजोभिक रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

१० खेलाडीमा समेटिए पनि अतिरिक्त समयको १० औं मिनेटमा भेरोनाले पेनाल्टी पाउँदा गोल गर्न असफल भयो । भेरोनाका एम डुजरिकले गरेको प्रहार विफल हुँदा अन्ततः इन्टर मिलान २–१ गोलले विजयी भयो ।

पराजित भएको भेरोना १९ खेलबाट १४ अंकका साथ तालिकाको १८ औं स्थानमा छ ।