२३ असार २०८३, मंगलबार

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसँग भाग खोज्दै राप्रपा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका विषयमा सत्तारुढ गठबन्धनसँग छलफल गर्ने जिम्मा पार्टीका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई दिएको छ ।

शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा सहकार्यका विषयमा सत्ता गठबन्धनसँग छलफल गर्ने र त्यसको जिम्मा कार्यवाहक अध्यक्ष तामाङलाई दिने निर्णय गरेको हो ।

राप्रपाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न सातवटै प्रदेश समितिलाई निर्देशन दिएको थियो । प्रदेश समितिले सिफारिस गरेको नाममाथि पार्टीको संसदीय समितिले शनिबार छलफल गरेको र उम्मेदवारको नाम टुंगो लगाएको बताइएको छ ।