
काठमाडौं, २१ पुस । युवा व्यवसायी प्रकाश साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीसहित १३० जना स्वतन्त्र युवा व्यवसायीहरू एमालेमा प्रवेश गरेका हुन् । महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरे ।
युवा व्यवसायीहरूको पार्टी प्रवेशलाई केन्द्रीय सदस्य प्रेम तामाङले सहजीकरण गरेका थिए ।










प्रतिक्रिया