१५ असार २०८३, सोमबार

भारतसँग २० करोड लिने सम्झौता रद्द नगरे आन्दोलनमा उत्रिने युवा संघको चेतावनी

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २१ पुस । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना एचआइसिडिपी अन्तर्गत भारतले नेपाललाई २० करोड दिने सम्झौता रद्द नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

युवासंघका महासचिव सुमन पुरीले विज्ञप्ती जारी गरेर उक्त सम्झौता नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विरूद्ध रहेको बताउँदै तत्काल रद्द गरेर जनतासँग माफी माग्न सरकारलाई चेतावनी दिएका हुन् ।

‘उक्त सम्झौता रद्ध तथा सरकारले जनातासामु माफी नमागे राष्ट्रिय युवा संघ नेपालले देशभर आन्दोलनको आँधीवेरी सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

युवा संघले भारतलेमात्र नभई विश्वका जुनसकै मुलुकहरुले सरकारी स्वीकृति लिई नेपालको हितमा रही लगानी गर्न सक्ने अवस्था हुनुपर्ने बताएको छ । तर, भारतसँगको उक्त सम्झौताले नेपालको स्वतन्त्रताको साथ साथै आर्थिक सम्पन्नतालाई समेत गम्भीर असर पार्ने र वैदेशीक लगानी नेपाल भित्रयाउने सवालमा गम्भीर समस्या खडा गर्ने युवासंघको दाबी छ ।

‘यसले गर्दा नेपालमा अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, व्यवहार र हस्तक्षेपलाई निम्त्याउनेछ । आन्तरिक मामिलामा बाह्य हस्तक्षेपले प्रवेश पाउने निश्चित देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतले यसअघिसम्म भारतीय दूतावासले सिधै खर्च गर्न सक्ने गरी दिँदै आएको आर्थिक सहयोग रकमलाई यसपालि चार गुणा बढाउने सम्झौतामा बिहीबार पराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका थिए ।

भारतको नेपालमा यस्तो लगानीको सुरूवात २०६० देखि भएको थियो । त्यतिबेला प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा भारतीय दूतावासले सिधै तीन करोड रूपैयाँसम्म लगानी गर्न पाउने गरी सहमति भएको थियो ।