३१ जेष्ठ २०८३, आइतबार

सरकारको अयोग्यताका कारण लोकतन्त्रमाथि धावा बोल्ने दुष्प्रयत्न गर्दैछन् : योगेश भट्टराई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेकपा (एमाले)का सचिव तथा मधेश ईन्चार्ज योगेश भट्टराईले वर्तमान गठबन्धनको सरकारको अयोग्यताका कारण लोकतन्त्र जस्तो सर्वस्विकार्य व्यवस्थामाथि अराजकतावादी र पश्चगामीहरुले धावा बाल्ने दुष्प्रयत्न गरिरहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । ‘परिस्थिति सरकारको कमाण्डभन्दा धेरै टाढा पुगिसक्यो । सरकारको अयोग्यताका कारण लोकतन्त्र जस्तो सर्वस्विकार्य व्यवस्थामाथि अराजकतावादी र पश्चगामीहरुले धावा बाल्ने दुष्प्रयत्न गर्दैछन भने नेपाल राष्ट्रलाई कमजोर बनाएर विभिन्न शक्तिहरुले फाइदा लिन खोज्दैछन् ।’ नेता भट्टराईले भनेका छन्, ‘बिग्रिदो परिस्थितिलाई सही मार्गमा फर्काउन, राष्ट्रिय स्वाभिमान र आत्मविश्वास जाग्रित गर्न केही नयाँ कोर्सका बारेमा पहल लिने बेला भयो कि ? बहस जरुरी छ !’

उनले सर्लाहीको बरहथवामा सत्ता गठबन्धनको अराजकतापूर्ण क्रियाकलाप र सत्ता उन्मादका कारण एक युवाले जीवन गुमाउनु परेको बताएका छन् । उनले यसअघि केहीदिनअघि ललितपुरको बालकुमारीमा सरकार कै नालायकीका कारण दुई होनाहार युवाको ज्यान गएको समेत स्मरण गराउँदै परिस्थिति सरकारको कमाण्डभन्दा धेरै टाढा पुगिसकेको उल्लेख गरेका छन् ।

नेता भट्टराईले बिग्रिदो परिस्थितिलाई सही मार्गमा फर्काउन र राष्ट्रिय स्वाभिमान जोगाउन नयाँ कोर्सका बारेमा पहल लिने बेला आएको समेत बताएका छन् ।