५ असार २०८३, शुक्रबार

नेकपा एसको राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा माधव, राजेन्द्र र घनश्यामलाई

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार लगाएतका विषयमा निर्णय गर्न पार्टी अध्यक्ष माधव कुमार नेपाल लगायतलाई अधिकार दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार बसको समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनसंग एमालेको सहकार्यको ढोका बन्द भएको र प्रतिपक्षी कै रुपमा बस्नुपर्ने बताए । राष्ट्रिय सभा निर्वाचनमा एकीकृत समाजवादीले ५ सिटमा अडान राखेको छ ।