
काठमाडौं, २१ पुस । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । उनले नेपालजस्तो स्वतन्त्र मुलुकले अरू देशको दूतावासबाट सोझै रकम ल्याउने गरी परियोजना बनाउने विषय राष्ट्रहितविपरीत भएको जिकिर गरे ।
भारतीय दूतावासलाई २० करोडका योजनाहरु नेपालभरि सोझै बाँड्न र लागू गर्न दिने गरी भएको सम्झौता राष्ट्रिय हित विरोधी भएको उनले बताए । उनले दूतावासबाट रकम दिने कुरा देशको हितमा नरहेकाले सच्चाउनुपर्ने बताए ।








प्रतिक्रिया