
मकवानपुर, २१ पुस । हेटौंडाको एक पसलमा आगलागी भएको छ ।
शनिबार बिहान हेटौंडा–१० टीसिएन रोडमा रहेको हरिवंश प्रसाद गुप्ताको ‘हरिओम अटो मोबाइल पार्टसप’मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पसलमा भित्र अचानक आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म हेटौंडा, हटौंडा उपमहानगरपालिकाको २ वटा दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
घटनामा मानवीय क्षती नभएको तर पसल भित्रको सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो कसरी लागेको भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।









प्रतिक्रिया