२३ असार २०८३, मंगलबार

राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने सत्ता गठबन्धनको निर्णय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा (एमाले)लाई नसमेट्ने भएको छ ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार गठबन्धनबीच भागबण्डा टुंग्याउनका लागि साँझ फेरि बैठक बस्नेछ ।

यसअघि प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेट्ने गरी जानुपर्ने प्रस्ताव राखेका थिए ।

यता हिजो शुक्रबार मात्रै बसेको एमालेको सचिवाल बैठकले राष्ट्रिय सभाको १९ वटै सीटमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।