
सर्लाही, २१ पुस । जिल्ला प्रशाासन कार्यालय सर्लाहीले जिल्लाको बरहथवा नगरपालिकामा लगाएको कर्फ्यूको समय २४ घण्टा थप गरेको छ ।
प्रशासनले हिजो बेलुका साँढे ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । उक्त समयलाई बढाएर भोलि बिहान ८ बजे पुर्याएको जिल्ला प्रशाासन कार्याल सर्लाहीले एक सूचना जारी गर्दै जनाएको छ ।
‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोलि बिहान ८ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।’ प्रशासनको सूचनामा भनिएको छ ।
प्रशासनले आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कानून बमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।
शुक्रबार बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर-६ का २७ वर्षीय जयशंकर साहको मृत्युसमेत भएको थियो । आन्दोलन अनियन्त्रित भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।









प्रतिक्रिया