१९ असार २०८३, शुक्रबार

४ किलो गाजासहित दुई जना भारतीय पक्राउ

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २१ पुस । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

शुक्रबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगर-१५ रातोमाटेस्थित सडकखण्डमा चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ५९२२ नम्बरको यात्रुवाहक बसमा सवार भई आएका उनीहरुलाई ४ किलो गाजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य मोतिहारी जिल्ला पश्चिमी चम्पारण वडा नम्बर ३६ बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र सोही ठाउँ बस्ने ३८ वर्षीय मनोज कुमार दास रहेका छन् । उनीहरुले आ-आफ्नो शरीरमा कपडाले छोपी लुकाई छिपाई गरी राखेको अवस्थामा ४ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।