१७ असार २०८३, बुधबार

नाडा अध्यक्षमा करण चौधरी निर्विरोध

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन भएका छन् । नाडाको ४७औं वार्षिक साधारणसभाले अध्यक्षमा चौधरीलाई निर्विरोध रुपमा चयन गरेको हो ।

अध्यक्षसँगै कार्यसमिति पनि सर्वसम्मत चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा आकाश गोल्छा, राजनबाबु क्षेष्ठ, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, सुरेन्द्रकुमार उप्रेती, पंकज अग्रवाल, कपिल शिवाकोटी, नवराज भुसाल, निराकार श्रेष्ठ, विक्रम सिंघानिया, प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सुनिल रिजाल, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका छन् ।

यस्तै संस्थागत तर्फबाट जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ,पश्‍चिमाञ्‍चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

यसैगरी लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, सुदूरपश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्कर राज ओझा र कर्णाली पश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी चयन भएका छन् ।