२१ असार २०८३, आइतबार

सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । सर्लाहीको बरहथवा नगरपालिकामा कफ्र्यू आदेश जारी गरिएको छ ।

बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर-६ का २७ वर्षीय जयशंकर साहको मृत्युसमेत भएको छ । आन्दोलन अनियन्त्रित भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

आज बेलुका साढे ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म बरहथवा नगर क्षेत्रको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो ।