
काठमाडौं, २० पुस । सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयमा झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।
प्रहरीले आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । अस्पतालको भवन स्वामित्वको विषयमा स्थानीयले असन्तुष्टि व्यक्त गर्दै नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीसँग झडप भएको थियो ।
निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो। झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन् ।








प्रतिक्रिया