
काठमाडौं, २० पुस । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश संसदीय दलका नेता नेता यामलाल कँडेलले वर्तमान सरकार कहाँ पुग्ने हो हेक्का राख्नुपर्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार सुर्खेतमा ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कँडेलले तीन तहका सरकार खोज्दै जाँदा कतै नभेटिने भएकाले वर्तमान सरकार कहाँ जाने हो हेक्का राख्नुपर्ने बताएको बताएका हुन् ।
सरकारले खेल पूर्वधारमा ध्यान नदिएको बताउँदै कँडेलले १० औं राष्ट्रिय खेलकुदका लागि आवाश्यक खेल पूर्वाधार अझै अभाव रहेको धारणा व्यक्त गरे ।
खेल पूर्वाधारको हिसाबले कर्णाली निकै कमजोर रहेकाले यसलाई बदल्न आवाश्यक रहेकोमा उनले जोड दिए ।
अहिले हेर्दा कतै बजेट नदेखिने तर असारका महिना अर्बौं बजेट सकाउने प्रवृत्ति मौलाइरहेकोमा उनले चिन्ता प्रकट गरे ।








प्रतिक्रिया