५ श्रावण २०८३, मंगलबार

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । भारतीय विदेशमन्त्री एस जयशंकर दुईदिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

हिजो बिहानै काठमाडौैं आइपुगेका उनी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेका थिए ।

उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका थिए ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।