१० असार २०८३, बुधबार

सुनचाँदीको मूल्य स्थिर

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो छापावाल सुन १३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।