१० असार २०८३, बुधबार

१८ लाख नक्कली नोटसहित रौतहटबाट एकजना पक्राउ

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २० पुस । नेपाली नक्कली रुपैयाँसहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ८ स्थित पटेल चोकबाट जिल्लाकै गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुरका २५ वर्षीय २५ वर्षीय सन्दीप जयसवाललाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ ।

बिहीबार पटेल चोकमा सवारी चेकजाँचको क्रममा प्रहरीले जैसवालको साथबाट १ हजार ८ सय ४३ थान १ हजार दरको नक्कली नोटसहित उनको साथबाट विभिन्न बैंकको एटीएम भिसा कार्ड ५ थान, १६ लाख ६५ हजार उल्लेख भएको चेक र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि रौतहटको विभिन्न स्थानबाट नक्कली नोटसहित प्रहरीले आठजनालाई पक्राउ गरेको थियो ।