
काठमाडौं, २० पुस । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
बिहीबार काठमाडौं आइपुगेकै दिन उच्चस्तरीय भेटवार्ता गरेका जयशंकरले आज शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका छन् ।
बिहीबार नै नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ । नेपालका मन्त्रीहरू तथा भारतका विदेशमन्त्री जयशंकरको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन, नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन् । त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ ।
दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका जयशंकर आज शुक्रबार दिउँसो स्वदेश फर्किने छन् ।









प्रतिक्रिया