२९ जेष्ठ २०८३, शुक्रबार

राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन गएराति मलेसिया प्रस्थान गरेका छन् ।

मलेसियाको क्वालालम्पुरमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन मलेसिया गएका हुन् ।

कार्यक्रमको क्रममा लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् ।

अध्यक्ष लिङ्देन पुस २४ गते स्वदेश फर्कने राप्रपाले जनाएको छ ।