८ श्रावण २०८३, शुक्रबार

यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । टोलीमा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् । अभ्यास खेलमा घाइते भएका धामीको स्थानमा दुर्गेश गुप्ताले स्थान पाएका छन् ।

जनवरी १९ देखि दक्षिण अफ्रिकामा सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् ।

नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध खेल्नेछ । नेपालले समूहको दोस्रो खेलमा २४ जनवरीमा पाकिस्तानविरुद्ध र अन्तिम खेलमा २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्ने छ ।

यू–१९ विश्वकप खेल्ने नेपाली टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

Skip This