१० श्रावण २०८३, आइतबार

एमालेको संकल्प यात्रा सबै खालका अतिवादीलाई निस्तेज पार्न सफल : शंकर पोखरेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रा देशकै संकल्प यात्रा भएको बताएका छन् ।

एमालेको प्रदेश पदाधिकारीको राष्ट्रिय भेलालाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा एमाले पार्टीको यात्रामा मात्र सिमित नरहेको बताए । यात्राले पार्टीलाई एकताबद्ध र जनतामा स्थापित गर्ने काम गरेको उनले बताए । ‘यो यात्रा एमालेले सञ्चालन गरे पनि यो सिंगो राष्ट्रको संकल्प यात्राको रूप स्थापित भयो’, पोखरेलले भने ।

संकल्प यात्रा सबै खालका अतिवादीलाई निस्तेज पार्ने दिशामा उपलब्धि प्राप्त गरेको पोखरेलको भनाइ छ । सो यात्राको उपलब्धिलाई प्रदेश कमिटीले संगठनात्मक जीवनमा ढाल्न सक्नुपर्ने उनको धारणा छ ।

पोखरेलले मिसन ग्रासरुटको सुझावका आधारमा पार्टीलाई वार्षिक कार्य योजना बनाई व्यवस्थित ढंगले अगाडि बढाउने प्रयास भइरहेको बताए । केन्द्र, प्रदेश र पालिका कमिटीसम्मले सोही प्रतिवेदनलाई आधार मानी आफ्नो कार्य योजना बनाएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले पार्टीका जिल्ला अधिवेशन केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेको सदस्यता संख्याका आधारमा गर्नुपर्ने प्रष्ट पारे । प्रतिनिधि छनोट तथा अधिवेशनमा युवा र महिला सहभागिता विशेष ध्यान दिन उनले आग्रह गरे । पोखरेलले पार्टीका जिल्ला अधिवेशनका सन्दर्भमा पार्टी केन्द्रले तयार गरेको परिपत्रका बारेमा समेत जानकारी गराएका थिए ।