२७ असार २०८३, शनिबार

माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । माछापुच्छ्रे बैंकले अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी र पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

बैंकका अनुसार उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरूको बारेमा जानकारी प्रदान गरिएको थियो ।

सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरूबीच अन्तर्क्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न क्युआर, पीओएस, एनएफसी सेवाको महत्त्व बारे अवगत गराइएको थियो ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका बैंकले जनाएको छ ।