११ असार २०८३, बिहिबार

सिटिजन्स बैंकको लगानीमा १० मेगावाटको सिद्धि खोला जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ ।

बैंकले एकल ऋण लगानी गर्ने गरी प्रदेश नंं. १ को ईलाम जिल्ला साविक समलबुङ र जिर्मले गा.वि.स. (हालको सुर्योदय नगरपालिका र रोङ गाँउपालिका) मा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी लि प्रवद्र्धक रहेकोे १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनी र बैँक बीच मिति प’स १९ गते विहिबार सम्झौता भएको हो ।

परियोजनाको वित्तीय व्यवस्थापनका लागि भएको उक्त सम्झौतामा बैंकका प्रमुख–कन्र्सोटियम/इन्फ्रास्ट्रक्चर बैंकिंग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालक सन्तोश राज नेपालले हस्ताक्षर गरेका छन ।

परियोजनाको अनुमानित लागत करीब १ अर्ब ७३ करोड (निर्माण अवधीको व्याज बाहेक) मा बैंकले ७५:२५ को ऋण : स्वपुँजी अनुपातमा १ अर्ब २९ करोड बराबरको ऋण लगानी गर्ने बताइएको छ भने निर्माण अवधीको व्याज सहित बांकी लागत प्रवर्द्वकहरुबाट स्वपुँजी जुटाइने भएको छ ।

सो आयोजनाले आगामी २.५ वर्ष भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र बर्षामा ४६.९११ गिगावाट घन्टा गरी बार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्ने बताइएको छ ।