२३ जेष्ठ २०८३, शनिबार

नेपाल एसबिआई बैंक र ओमकृष्ण अस्पतालबीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाल एसबिआई बैंक र कैलाली टिकापुरको ओमकृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाई) ले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकले उक्त अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट पाउने छन् ।

उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्णप्रसाद उपाध्याय बजगाइं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।