
काठमाडौं, १९ पुस । सरकारले युद्वग्रस्त रूस र युक्रेनको श्रम स्वीकृति रोक्का गरेको छ ।
नेपालीहरू रूस पुगेर रूसी सेनामा भर्ना भइरहेकाले दुवै देशका लागि श्रम स्वीकृति रोक्का गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । अर्को व्यवस्था नहुँदासम्मका लागि श्रम स्वीकृति रोकिएको विभागले जानकारी दिएको छ ।
नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दु:खद निधन भएको समाचारहरु आइरहेको सन्दर्भमा अध्ययन तथा छानविन समेत भईरहेको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न श्रम स्वीकृत रोक्का गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।









प्रतिक्रिया