१६ असार २०८३, मंगलबार

सन्दीप लामिछानेबारे के भने पारस खड्काले ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेकोबारेमा कानूनी सल्लाहकारसँग छलफल भइरहेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै क्यानका सचिव पारस खड्काले लामिछानेबारे कानूनी सल्लाहकारसंग छलफल भइरहेको भन्दै २५ पुसपछि मात्रै आधिकारीक धारणा सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

यस्तै क्यानले सन २०२४ का लागि आफ्नो बार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले बिहिबार किर्तिपुरस्थित टीयु मैदान परिसरमा पत्रकार सम्मेलन गर्दै सन २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितलाई समेट्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । वार्षिक क्यालेन्डर अन्तर्गत उमेर समुह, सिनियर महिला तथा पुरुषको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति सहितको खेल उल्लेख गरिएको छ ।

क्यानका अनुसार घरेलु मैदानमा क्यानडासंगको खेल, नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी–२० शृंखला हुनेछ भने नेपाल प्रिमियर लिग मंसिरमा गर्नेगरी बार्षिक क्यालेन्डरमा समावेश गरिएको क्यानका सचिव खड्काले जानकारी दिए । उनले नेपाल ए टिम बनाउन लागेको र क्यानडाले सोही टीमसंगै प्रशिक्षण गर्ने बताएका हुन् ।

खड्काले हङ्कङमा प्रस्तावित चार देशीय खेलको प्रस्ताव आएको बताए । खड्काले क्यानले घरेलु प्रतियोगीताहरुलाई पनि प्राथमिकताका साथ राखिएको उल्लेख गरे ।

उनले एशोसिएटमा नंवर १ बन्ने चूनौति रहेको र यहि प्राथमिकताका साथ क्यान अघि बढ्ने जिकिर गरे । खड्काले यसै बर्ष नेपालमा लेभल टु कोचिङ समेत हुने बताए ।