२१ असार २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड र एस जयशंकरबीच के-के भयो छलफल ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । भारतका विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धका बिषयका कुराकानी भएको थियो । भारत भ्रमणका समयमा भएका समझदारी र सम्झौताहरु कार्यान्वयनमा गइरहेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटाले जानकारी दिए ।

त्यस्तै विद्युत व्यापार सम्झौतालाई कार्यान्वयनमा लैजाने बिषय नेपालको विद्युत व्यापारको क्षेत्रमा ऐतिहासिक कदम भएको समेत प्रचण्डले बताएका थिए भने नेपालको पश्चिम नेपालमा गएको भूकम्पका साथै मुलुकको आर्थिक बिकासमा भारतको सहयोगप्रति प्रचण्डले आभार व्यक्त गरेका सापकोटाले बताए ।

भेटवार्तामा विदेशमन्त्री जयशंकरले दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै अघि बढ्ने भन्दै नेपालसंग भएका सम्झौतालाई कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता जनाएका थिए ।