
काठमाडौं, १९ पुस । राजीनामा बुझाएको महिना दिनमा बल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
गत मंसिर २० गते गजुरेलले राजीनामा दिएकामा प्रधानमन्त्रीले बल्ल स्वीकृत गरेका हुन् ।
उनको राजीनामा मंसिर २० गतेदेखि नै लागू हुने गरि स्वीकृत गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।








प्रतिक्रिया