२५ जेष्ठ २०८३, सोमबार

नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

आज सिहंदरबारमा भएको सम्झौतामा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका हुन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेको अवसरमा सम्झौतामा हस्ताक्षर भएको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो।

जयशंकर दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आएका हुन् ।