
काठमाडौं, १९ पुस । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेको भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
आज बिहान काठमाडौं आइपुगेका जयशंकर राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा राष्ट्रपति पौडेलले नेपाल-भारत कनेक्टीभिटी, जलवायु परिवर्तनका असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेको बताएका थिए ।
उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरे। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने प्रतिवद्वता व्यक्त गरे ।








प्रतिक्रिया