२६ जेष्ठ २०८३, मंगलबार

माधव नेपाल बाधक बनेपछि गठबन्धनको बैठक निष्कर्षविहीन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बाधक बनेपछि आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियसभाको सिट बाँडफाँटका लागि बसेको बैठकमा एमालेलाई पनि सिट दिने प्रस्तावमा नेपाल बाधक बनेपछि बैठकमा सहमति हुन नसकेको हो ।

एमालेलाई सिट दिन नहुने नेपालले अडान लिएका हुन् । आज पुन एमालेसँग छलफल गर्ने निर्णयसहित बैठक स्थगित भएको थियो । यसअघि गठबन्धन दलले हिजो पनि प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेको थियो ।

आजै साँझ फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने बताइएको छ ।