
काठमाडौं, १९ पुस । नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबार २ सय रुपैयाँले घटेको छापावाल सुन आज १३ सय रुपैयाँले घटेको हो । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज आज तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि हिजो चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।









प्रतिक्रिया