६ असार २०८३, शनिबार

हतकडीसहित अदालतबाट फरार थुनुवा पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । हतकडीसहित  जिल्ला अदालत काठमाडौंबाट फरार भएका थुनुवा कमल खड्का पक्राउ परेका छन् ।

डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका उनी हिजो बुधबार अदालत परिसरबाट फरार भएका थिए ।

उनी आज बिहान जडीबुटीमा रहेको न्यू दोलखाली गेष्टहाउसबाट पक्राउ परेका हुन् । उनले लगाएका हतकडी र थुनुवा ज्याकेट उनकै कोठा भक्तपुरको दुवाकोटमा फेला परेको प्रहरीले जनाएको छ ।