३१ जेष्ठ २०८३, आइतबार

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्नेछ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने बताइएको छ । यसअघि बुधबार पनि बैठक बसेको थियो ।

बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई पनि सिट दिएर जानुपर्ने प्रस्ताव राखेपछि गठबन्धनमा भागबन्डाको टुंगो लाग्न सकेको छैन् ।

आजको सत्ता गठबन्धनको बैठकले भागबन्डाको टुंगो लगाउने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्याय सम्बन्धी कानुन सहमतिमै पारित गर्ने सर्तमा सत्ता पक्ष र प्रतिपक्षीबीच राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्ने तयारीमा छन् ।