
काठमाडौं, १९ पुस । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४५ रुपैयाँ २२ पैसा र बिक्री दर १४५ रुपैयाँ ८८ पैसा रहेको छ ।
यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८३ पैसा र बिक्री दर १६८ रुपैयाँ ५९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया