२९ असार २०८३, सोमबार

ट्र्याक्टर दुर्घटनामा परी २८ जना घाइते

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), १९ पुस । वनबाट पात टिपेर ट्र्याक्टरमा फर्किंदै गर्दा भएको दुर्घटनामा २८ जना घाइते भएका छन् ।

बुधबार साँझ ५ः१५ बजेतिर लु२त ५१६४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए । घाइते हुनेहरु सबै गढवा गाउँपालिका–४ पर्साका रहेको प्रहरीले बताएको छ । घातेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।